काठमाडौ, फागुन ३ । नेकपा एमालेका नेता भीम रावलले वाह्य शक्तिको भक्तिगर्ने नेपाली कांग्रेसको चरित्र उदांगिएको बताउनु भएको छ । नेपाली कांग्रेसले एमसीसी पास गर्ने निर्णय गरेर वाह्य शक्तिको भक्ति गरेको ठोकुवासमेत रावलले गर्नुभएको छ ।
नेपाली कांग्रेसको संसदी दल र कार्यसम्पादन समितिको बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको भन्दै रावलले सामाजिक सञ्जालबाट यसअघिका धेरैवटा सम्झौतामा वाह्य शक्तिको भक्ति गरेको कांग्रेसको चरित्र नफेरिएको बताउनु भयो।
‘२००७ साल यता धेरै राजनीतिक उथलपुथल भएका छन्। जनतामा निकै जागरण र चेतना बढेको छ।तर सत्तास्वार्थमा १९५० को असमान सन्धिको समर्थन,कोशी, गण्डकी, महाकाली र कर्णाली सम्झौतामा वाह्य शक्तिको भक्ति गरिएको नेकांको चरित्र नफेरिएको राष्ट्रघाती प्रावधानसहित एमसीसी अनुमोदन गर्ने निर्णयले देखायो,’ रावलले भन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्