जनता टाइम्स

७ फाल्गुन २०७८, शनिबार ०८:२५

‘सर्वाेच्चमार्फत एमालेलाई सरकारबाट बाहिर पुर्याएपछि समृद्ध नेपाल : सुखी नेपालीको राष्ट्रिय आकांक्षा अवरुद्ध’


काठमाडौं, फागुन ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संबैधानिक प्रबन्धको गलत ब्याख्या गरी एमालेलाई सरकारबाट बाहिर पुर्याएपछि समृद्ध नेपाल : सुखी नेपालीको राष्ट्रिय आकांक्षा अवरुद्ध बनेको बताउनु भएको छ । प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले यस्तो निश्कर्ष राख्नुभएको हो ।

‘संबैधानिक प्रबन्धको गलत ब्याख्याद्वारा हामीलाई सरकारबाट बाहिर पुर्याएपछि अवरुद्ध हुन पुगेको समृद्ध नेपाल : सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने हाम्रो अभियानलाई हामी अझ सवल रुपमा अगाडि बढाउन चाहन्छौं । नेकपा (एमाले) को यस अभियानमा सम्पुर्ण दिदीबहिनी दाजुभाइहरुको साथ रहने छ भन्ने मेरो बिश्वास छ,’ शुभकामनामा अध्यक्ष ओलीले भन्नुभएको छ ।