जनता टाइम्स

७ फाल्गुन २०७८, शनिबार १०:४३

सुनसरी कांग्रेसका यी चर्चित नेताले रोजे एमाले


काठमाडौं, फागुन ७ । नेपाली कांग्रेसका नेता मनोजकुमार मेहता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । मेहता शुक्रबार कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको हो ।

मेहतालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभयो । ओलीको निवास बालकोटमा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीको उपस्थितिमा मेहता पार्टी प्रवेश गर्नुभएको हो ।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहनुभएका सुनसरीका चर्चित नेता मेहता विजय गच्छेदारसँगै फोरम लोकतान्त्रिकमा पनि काम गर्नुभएको थियो । पछिल्लो समय गच्छेदारसँगै कांग्रेस फर्कनुभएका मेहता अव एमालेले मात्रै मुलुकको समृद्धि गर्न सक्ने तथ्य प्रमाणित भएको भन्द एमाले प्रवेश गर्नुभएको हो ।