जनता टाइम्स

७ फाल्गुन २०७८, शनिबार १७:४१

एमसीसीबिरुद्ध सडकमा पुगेको नेकपा एसको बटमलाइन : सरकार छाडनुभन्दा राष्ट्रघाती एमसीसी पारित गर्नु बेस


काठमाडौं, फागुन ७ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग एमसीसी राष्ट्रघाती रहेकोले संसदमा लैजानै नहुने भन्दै सवै जनसंगठनलाई सडकमा उतार्नुभयो ।

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसीलाई हतियार बनाएर आगामी तीनै तहको चुनावमा एमालेको नाममा प्राप्त अहिलेको हैसियतअनुसार जिताउने ग्यारेण्टीसहित चुनावी गठबन्धन हुनुपर्ने प्रस्ताव अस्वीकार भएपछि एमसीसीको नाममा सडकमा कार्यकर्ता उतार्नुभयो । अध्यक्ष नेपाल र खनालले एमसीसी राष्ट्रघआलोचनात्मक चेत नराखी माधवका जनसंगठनका नेता भनिनेहरु सडकमा आगो बाल्न पुगे । तर आज तिनै कार्यकर्ताको अनुहारमा कालो पोत्दै माधव र झलनाथ एमसीसी टेबल गर्न दिनुपर्ने निश्कर्षमा पुग्नुभएको छ ।

मन्त्रीहरुले पार्टी सञ्चालनदेखि माधव र झलनाथको सवै खर्चबर्चको जिम्मा लिएपछि स्थायी कमिटीले निर्णय गर्यो, एमसीसी संझौता संसदमा टेबल हुन दिनुपर्छ, एमसीसीका कारण गठबन्धन टुटनु हुँदैन । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी सो पार्टीका पाँचै जना मन्त्रीहरुले सरकार छाडने कुरा हुन नहुने भन्दै माधव र झलनाथलाई केही दिनअघि मात्रै थर्काउनु भएको थियो ।

मन्त्रीहरु एमसीसीकै पक्षमा उभिएपछि सो पार्टीले एमसीसीको कारण गठबन्धन टुटन नहुने निर्णय गरेको एक नेताले जनताटाइम्स डटकमलाई बताए । नेकपा एसका एक स्थायी कमिटी सदस्यका अनुसार बैठकमा नेपाल र खनालले सरकार छाडनु भन्दा आफूहरुले नै राष्ट्रघाती भनेको भएपनि पास गर्नुपर्ने घुमाउरो कुरा गर्नुभएको थियो भने मन्त्रीहरुले एमसीसीको पक्षमा दृढतापुवर्क उभिएर गठबन्धन भत्काउने केपी ओलीलाई जवाफ दिनुपर्ने अडान राखेका थिए ।

‘एमसीसीको कारण गठबन्धन टुटन दिनुहुन्न, पक्षमै उभिनुपर्छ, केपी ओलीसँग लडन यत्रो दुःख गरेर गठबन्धन बनाइयो, अहिले फेरि गठबन्धन टुट्यो भने त केपी ओली नै हिरो हुन्छन, त्यसैले अव केपी ओली हिरो बनाउने कुरा गर्नुहुन्न, एमसीसीलाई अघि बढाउनु पर्छ, गठबन्धन जोगाउनु पर्छ भन्ने शैलीमा अध्यक्ष र सम्मानित नेता प्रस्तुत हुनुभयो, ती नेताले भने, ‘हामी त टेलिभिजनमा अन्तर्वार्ता दिने उहाँहरु नै हो त ? भन्ने दुविधामा पर्यौं । हाम्रो पार्टीका नेताहरु एमसीसीकै पक्षमा हुनुहुन्छ भन्ने प्रष्ट भइयो ।’