काठमाडौं, फागुन ७ । महोत्तरीको पिपरा गाउँपालिका उपाध्यक्ष नुनुकुमारी दाससहित जसपा,लोसपा,नेपाली कांग्रेस र माओवादी केन्द्रबाट सयौंको संख्यामा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको महोत्तरी एमालेले जनाएको छ ।
एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री जुली कुमारी महतोको उपस्थितिमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नुनुकुमारीले एमालेको सदस्यता लिनुभएको हो । अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष सरस्वती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँ कार्यपालिका सदस्य तथा लोसपाका प्रभावशाली नेता रामबाबु नायक,समसुन नदाफ पनि एमाले प्रवेश गर्नुभएको छ ।
उपाध्यक्ष दास तत्कालीन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएकी हुनुभएको थियो । सोही कार्यक्रममा माओवादी नेत रामबिलाश दास,जसपाका जिल्ला नेता रोशन पाण्डे,नेपाली कांग्रेसका सानु मण्डल,शान्ति देवी लगायत ५सय बढी कार्यकर्ता एमाले प्रवेश गरेको चौधरीले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्