जनता टाइम्स

८ फाल्गुन २०७८, आईतवार ०६:२२

एमाले सर्लाहीको अध्यक्षमा साह, यी हुन पदाधिकारी


सर्लाही । नेपका एमाले सर्लाही जिल्लाको आठौं अधिवेशनले राजनारायण साहलाई पुनः अध्यक्षमा चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले साहलाई पुनः अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनको उदघाटन एमाले महासचिव शंकर पोखरेलले गर्नुभएको थियो । अधिवेशनले उपाध्यक्षमा विदुर प्याकुरेल, सचिवमा केदार खत्री र उपसचिवमा प्रकाश थापा र पार्वती विश्वकर्मालाई चयन गरेकोछ ।