जनता टाइम्स

८ फाल्गुन २०७८, आईतवार १०:००

पूर्वमन्त्री गोकुल बास्कोटाको ठोकुवाः जस्केलाबाट जन्मेको नक्कली पार्टी नेकपा एसको फाइँफुइँ आजै सकिन्छ


काठमाडौं, फागुन ८ । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादीको फाइँफुइँ आजै सकिने ठोकुवा गर्नुभएको छ । एमाले नेतासमेत रहनुभएका पूर्वमन्त्री बाँस्कोटाले नेकपा एसलाई लक्षित गर्दै जस्केलाबाट आएको नक्कली पार्टीको पार्टीको फाइँफुइँ आजै सकिने ठोकुवा गर्नुभएको हो ।

‘मन्त्रीहरुले भोट हाल्ने, नेताहरुले बहिष्कार गर्ने। समाजवादी कायदा १’ विवादित एवं बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा नेकपा एसको हिजो बसेको स्थायी कमिटी बैठकले लिएको निर्णयप्रति लक्षित गर्दै बाँस्कोटाले भन्नुभएको छ, ‘जस्केलाबाट जन्मेको एउटा नक्कली पार्टीको फाइॅंफुइॅं पनि आजबाट धुलीसात हुने भएछ।’

नेकपा एसको हिजो बसेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल हुनुपर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई लक्षित गर्दै बाँस्कोटाले प्रहार गर्नुभएको हो ।