जनता टाइम्स

८ फाल्गुन २०७८, आईतवार १०:३६

ललितपुरमा एमालेप्रतिको आकर्षण बढदो, कांग्रेस र माओवादीका चर्चित नेता भित्रिए (फोटो फिचर)


ललितपर, फागुन ८ । ललितपुरमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका चर्चित हस्तीहरु नेकपा एमाले प्रवेश गर्नुभएको छ । ललितपुरस्थित कोन्जोसोम गाउँपालिका २ संखुमा आयोजित एक समारोहमा नेकपा माओवादी केन्द्र र कांग्रेस परित्याग गरी चर्चित नेताहरु नै एमाले प्रवेश गरेका हुन ।

नवप्रवेसीहरुलाई एमाले पोलिटब्युरो सदस्य सुशिला नेपाल र सांसद नवराज सिलवालले पार्टीमा स्वागत गर्नुभएको छ । सिलकालका अनुसार दुवै पार्टी परित्याग गरी ४७ जना स्थानीय लोकिप्रय नेताहरु एमाले प्रवेश गरेका छन ।