काठमाडौं, फागुन ८ । अमेरिकी सहयता परियोजना (एमसीसी) सम्झौता संसदमा टेबल गर्ने विषयमा सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहित तीन नेताले असहमति राख्नुभएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अघि बढाउन सहमति दिनुभए पनि प्रमुख सचेतक गुरुङले सभामुखले बालाउनु भएको बैठकमै लिखित असहमति जनाउनु भएको हो ।
बानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिमा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, सदस्यहरू जयपुरी घर्ती र रेखा शर्माले एमसीसी सम्झौता टेबल गर्ने निर्णयमा राखेको असहमति राख्नुभएको हो । एमसीसीका कतिपय बुँदा घातक भएको भन्दै त्यो संशोधन नगरी टेबल गर्न नहुने उहाँहरुको अडान छ ।
‘राष्ट्रिय सहमति कायम हुनुपर्ने, कतिपय बुँदाहरू परिमार्जन र संशोधन हुनुपर्ने र संसद सुचारु हुनुपर्छ भनेर हामीले निरन्तर भन्दै आएका छौं । तसर्थ राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको कुनै सुनिश्चितता नभएको, संसद अवरुद्ध नै रहेकोले एमसीसी टेबल गर्ने विषयमा हाम्रो गम्भीर असहमति रहेको छ’, असहमति पत्रमा भनिएको छ । गुरुङसहित तीन नेताले बैठकमै लिखित असहमति राखेर अध्यक्ष प्रचण्डलाई कडा काउन्टर दिनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्