काठमाडौं, ८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले एमसीसीलाई गिजोलेर भूराजनीतिक द्वन्द्वमा मुलुकलाई धकेलेको बताउनुभएको छ । अध्यक्ष ओलीले परमादेशीलाई जनादेशले विस्थापित नगर्दासम्म मुलुक यस्तै संकटमा फस्ने पनि सुनाउनुभयो ।
संसद बैठकपछि सिंहदरवारस्थित संसदीय दलको बैठकमा भेला भएका करिव दुई दर्जन एमाले सांसदहरुले एमसीसीबारे पार्टीको पोजिशनबारे जिज्ञासा राख्दा अध्यक्ष ओलीले एमसीसीलाई विगतमा आफूविरुद्धको हतियार बनाउनेहरुले अहिले मुलुकलाई विदेशीको क्रिडास्थल बनाउन खोजेको बताउनुभयो ।
यसमा एमालेको कुनै भूमिका नरहने भन्दै उहाँले भन्नुभयो,‘सभामुखका कारण हामी संसदीय प्रक्रियामा छैनौं, प्रक्रियामा भाग लिन पायौं भने त्यहीबेला हाम्रो पोजिशन प्रष्ट हुन्छ ।’














प्रतिक्रिया दिनुहोस्