जनता टाइम्स

६ भाद्र २०७५, बुधबार १३:२४

चोरले विमान नै चोरेर लगेपछि


तपाईले चोरले मोटरसाइकल, कार चोरेको त सुन्नु भएको होला । तर, अमेरिकामा एक चोरले विमानस्थलबाट विमान नै चोरी गर्न सफल भएका छन् । अमेरिकाको सियाटल ट्याकोमा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार स्थानीय समय अनुसार शुक्रबार राति ८ बजे एक पाइलटले विमान चोरेर लगेका हुन् ।

अनुमती विना ति चोर पाइलटले उडाएको सो विमान समुन्द्रमा खसेको छ । कुनै पनि यात्रु चढ्नु अघि ति व्यक्तिले विमान उडाएका थिए । समीप पियर्स काउंटी स्‍टेटको केट्रोन द्वीपमा विमान खसेपनि चालकको अवस्था र परिचय नखुलेको बीबीसीले उल्लेख गरेको छ । यद्यपी उनि अमेरिका के पियर्स काउंटी स्‍टेटका २९ वर्षिय रहेको बताइएको छ ।