जनता टाइम्स

२० असार २०७६, शुक्रबार १६:०६

नेपालको सानदार जीत, रित गौतमको शतकसँगै सिंगापुर २१७ रनको फराकिलो अन्तरमा पराजित


काठमाडौं, असार २०

एसीसी यु–१९ इष्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरलाई २ सय १७ रनको पराकिलो अन्तरमा हराएको छ । रित गौतम र खडक बहादुर बोहोराले बिष्फोटक ब्याटिङ गरेपछि नेपालले सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरमा पराजित गरेको हो ।

मलेसियाको राजधानी क्वालालम्पुरमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनाएको थियो । प्रतियोगितामा शतक पुरा गरेका गौतमले अविजित ११५ रन बनाए भने बुढाथोकी शतक बनाउन १० रनले चुके । उनी ९० रनमा आउट भए । कुशल मल्लले पनि अर्धशतक पुरा गर्दै ५१ रन बनाए भने पवन सर्राफले ४५ रन जोडे । कप्तान रोहित पौडेल ७ र विशाल कुमार केसी १ रनमा आउट भए ।

३२७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १०९ रनमा समेटिन बाध्य भयो । नेपालका लागि कुशल मल्लले ४ विकेट लिए भने तिलक राज भण्डारीले २ तथा रसिद खान र सागर ढकालले एकएक विकेट लिए । यसअघि आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो ।