जनता टाइम्स

१२ फाल्गुन २०७८, बिहीबार ०६:४७

केपी ओलीको दमदार कविता : मेरो प्यारो जून हरायो


काठमाडौं, फागुन १२ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनको अवसरमा कविता वाचन गर्नुभएको छ । आफ्नो बारेमा लेखिएको ‘समवेत द‍ृष्टि’ नामक पुस्तकको लोकाकार्यक्रममा अध्यक्ष ओलीले ‘मेरो जून हरायो’ शीर्षकको कविता वाचन गर्नुभएको हो ।

यस्तो छ ओलीको कविता

मेरो प्यारो जून हरायो

आज मेरो आफ्नै आकाशमा
मेरो प्यारो जून हरायो ।
आकाशको बार्दलीमा निस्किएर मुस्कान दिने
सौम्य, शान्त पाराले अंगालो मार्ने
प्यारो मधुर प्रकाश दिने
मेरो प्यारो जून हरायो ।

कोही भन्छन् कृषणपक्ष हो
अब पाला रातको आयो
कोही भन्छन् बादल छायो
सदाका लागि अब कालो छायो ।

कोही भन्छन् ग्रहणले खायो
तर यी सब हुन् क्षणका लागि
हैन, हैन जून फेरि छाउँछ
प्यारो जून फेरि उदाउँछ ।

कृष्णपक्ष भए शुक्ल आउँछ
बादल ग्रहण भए फेरि हट्छ
मेरो आकाश फेरि खुल्छ
प्यारो जून फेरी उदाउँछ ।