जनता टाइम्स

१२ फाल्गुन २०७८, बिहीबार १०:०२

युक्रेनमा नागरिक उडानमा प्रतिबन्ध, राजधानी किभमै ६ वटा बिस्फोटका आवाज


किभ, १२ फागुन । युक्रेनको हवाई क्षेत्रमा नागरिक विमानको उडानहरूमा प्रतिबन्ध लगाइएको छ । ‘नागरिक उड्डयनका लागि सम्भावित खतराका कारण प्रतिबन्ध गरिएको नोटिस टु एयरमेन ‘नोटम’ ले जनाएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

युक्रेनी अधिकारीहरुले यसबारे कुनै टिप्पणी गरेका छैनन् । तर, प्रमुख युक्रेनी विमानस्थलहरुमा आगमन र प्रस्थान निर्धारित समयअनुसार चलिरहेको बताइएको छ । यसैबीच, युक्रेनको राजधानी किभ नजिक पाँचदेखि ६ ओटा बिस्फोटका आवाज सुनिएको बताइएको छ ।