जनता टाइम्स

१२ फाल्गुन २०७८, बिहीबार १७:३०

ओली भेट्न पुगे प्रचण्ड


काठमाडौं, १२ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट भएको छ । एमसीसी, संसदको गतिरोध अन्त्यसहितका विषयमा शीर्ष नेताबीच भेटवार्ता भइरहेसँगै प्रधानमन्त्री देउवाले भेटेलगत्तै अध्यक्ष ओलीलाई प्रचण्ड भेट्न पुग्नुभएको हो ।

संसद भवनस्थित एमाले संसदीय दलको कार्यकक्षमा ओली भेट्न प्रचण्ड पुग्नुभएका बताइएको छ । एमसीसीबारे छलफल गर्न आज बोलाइएको प्रतिनिधिसभा बैठक सरकारको आग्रहमा स्थगित गरेसँगै प्रमुख दलका शीर्ष नेताबीच निरन्तर भेटवार्ता चलिरहेको छ ।