जनता टाइम्स

१३ फाल्गुन २०७८, शुक्रबार १०:४१

पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौं फर्किए माधव नेपाल


काठमाडौं, १३ फागुन । एमसीसी संसदमा छलफलका लागि ल्याइएपछि छल्नका लागि हिजो दिउँसै कैलाली जानुभएको नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौं आउनुभएको छ । यसअघि हिजो जनताटाइम्स डटकमले एमसीसी छल्न केही थान सांसदका साथ धनगढी भागे माधव नेपाल भन्ने शिर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।

समाचारको प्रभाव र शक्तिका कारण पनि नेपाल काठमाडौं आउनुभएको नेकपा एसका एक सांसदले बताउनुभयो । यस्तै सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच सहमति हुने करिब निश्चित भएपछि माधव नेपाल पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौं आउनुुभएको हो ।

सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको टेलिफोन संवादपछि नेपाल काठमाडौं आएको स्रोतले जनाएको छ । नेपालसँगै नेकपा एसका नेता एवं पर्यटनमन्त्री प्रेम आले र नेतृ गरिमा शाह पनि काठमाडौं आउनुभएको छ ।