जनता टाइम्स

१३ फाल्गुन २०७८, शुक्रबार ११:००

रुसको हमलामा १३७ युक्रेनीको मृत्यु


काठमाडौं, १३ फागुन । रुसी फौजले युक्रेनमा गरेको हमलामा १३७ जना युक्रेनीको मृत्यु भएको छ । रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट हमला गरेको र १३७ युक्रेनी मारिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताएका छन् ।

मृत्यु हुनेमा सर्वसाधारण नागरिक पनि छन् ।

रुसी सेनाले हवाई हमला गरिरहेका बेला राजधानी किभका मानिसहरु रातभर अन्डरग्राउन्डमा बस्न बाध्य भएको प्राप्त विवरणहरुमा जनाइएको छ । राष्ट्रपति जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिनुभएको छ ।