पोखरा, फागुन १३ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य गणेशमान गुरुङ नेकपा एमालेमै फर्किनुभएको छ । जसपाका गण्डकी प्रदेश समिति इन्चार्जसमेत रहनुभएका गुरुङलाई आज पोखरामा आयोजित प्रशिक्षण कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गर्नुभयो ।
कास्कीको धम्पुस निवासी गुरुङ २०६९ सालसम्म एमालेमै सक्रिय हुनुहुन्थ्यो । तात्कालिन एमाले उपाध्यक्ष अशोक राईसहितले छाडेपछि उहाँ पनि राईकै पार्टी संघीय समाजवादी पार्टीतिर लाग्नुभएको थियो । सो पार्टी हुँदै हल जसपाको गण्डकी इञ्चार्ज रहनुभएका गुरुङ एमाले र केपी शर्मा ओलीको नेतृत्वमा मात्रै मुलक बन्छ भन्ने तथ्यका आधारमा एमालेमै फर्कनुभएको हो ।
एमाले फर्केपछि गुरुङले पार्टी भनेकै एमाले र नेता केपी ओली भएको ठोकुवा गर्नुभयो ।
‘हाम्रा गुरुङहरु भन्छन्, लाहुरे मलायाको लाहुरे पो लाहुरे, अरु के लाहुरे,’ कार्यक्रममा बोल्दै गुरुङले भन्नुभयो, ‘पार्टी अरु पार्टी के पार्टी एमाले पो पार्टी, नेता अरु के नेता, केपी ओली पो नेता।’ उहाँले अध्यक्ष ओलीले अबको जीवन देश र जनताका लागि भनेझैँ आफूहरुको अबको जीवन पनि एमालेका लागि भएको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्