काठमाडौं, फागुन १३ । नेकपा एमालेले पाँच दलीय गठबन्धनका नेता शेरबहादुर देउवासँग एमालेले कुनै सहकार्य नगर्ने प्रष्ट पारेको छ । एमाले केन्द्रीय प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालले केहीबेर अघि सत्ता गठबन्धनसँग एमालेले गठबन्धन नगर्ने पार्टीको औपचारिक धारणा सार्वजनिक गर्नुभएको हो ।
अमेरिकी सहयोग एमसीसीमा एमालेले सघाउने भन्दै सत्ता गठबन्धनले अफवाह फैलाएपछि रिजालले पार्टी नेतृत्वसँगको परामर्श गरी यस्तो जानकारी दिनुभएको हो ।
प्रचार बिभाग उपप्रमुख रिजालले लेख्नुभएको छ, ‘एमालेको एउटा कुरा स्पष्ट छ–गठबन्धन रहेसम्म पाँच दलीय गठबन्धनको नेताका रूपमा शेरबहादुर देउवासँग नेकपा (एमाले) कुनै सहकार्य गर्दैन र गठबन्धन सरकारले सदनमा ल्याएका हरेक प्रस्तावका विरुद्धमा दृढतापूर्वक उभिन्छ ।’
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुले एससीसी पारित गराउन बहिष्कार गर्ने र एमालेले बिरोध जारी राखे पारित हुने योजना बनाएर अफवाह फैलाउन लागेपछि एमालेले गठबन्धन सरकारले ल्याएको प्रस्ताव असफल बनाउन दृढतापुर्वक लाग्ने बताएको हो ।













प्रतिक्रिया दिनुहोस्