काठमाडौं, फागुन १३ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ ।आज साँझ एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवासहितका कांग्रेस नेताहरु बालकोट पुग्नुभएको थियो ।
आज साँझ बालकोट पुगेका देउवा र ओलीसहित दुई पार्टीका नेताहरुको बैठक बसेको थियो । कांग्रेस सभापति समेत रहेका देउवा पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर बालकोट पुग्नुभएको थियो ।
सत्ता सहयात्रीहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग दिनभर जसो छलफल गरेका प्रधानमन्त्री देउवा पार्टीको आन्तरिक छलफल सकिएपछि ओलीलाई भेट्न पुगेका बालकोट पुग्नुभएको हो । एमसीसीका कारण पछिल्लो केही दिन यता देशको राजनीति तरंगित भएको छ भने दलहरुमा तिव्र ध्रुवीकरण देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्