जनता टाइम्स

१४ फाल्गुन २०७८, शनिबार २०:२५

रुपन्देहीमा कांग्रेस–माओवादीका चर्चित नेता–कार्यकर्ता एमाले प्रवेश, तिलोत्तमाका तीन वडाका माओवादी कमिटी बिलय


बुटवल, फागुन १४ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरेर ठूलो संख्यामा स्थानीय नेता, कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।

तिलोत्तमा वडा नम्बर १० को बेबरीमा आज आयोजित कार्यक्रममा सो वडाका नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष कलमबहादुर चौधरीको नेतृत्वमा सिंगो वडा कमिटी नै एमालेमा समाहित भएको छ । यसैगरी वडा नं ७ बाट सागर थापा र वडा नं ११ बाट बेमबहादुर बरालको नेतृत्वमा युवाहरु एमालेमा प्रवेश गर्नुभएको छ ।

एमालेले संघीय, प्रदेश सरकारमा रहँदा गरेका विकास निर्माण तथा तिलोत्तमा नगर सरकारले गरेका कामबाट आफूहरु प्रभावित भएकाले एमाले रोजेको नवप्रवेसीहरुले बताउनु भयो ।

नवप्रवेसीहरुलाई एमाले सचिव तथा लुम्बिनी इञ्चार्ज छविलाल बिश्वकर्मा, पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, जिल्ला अध्यक्ष तेजेन्द्र केसी, युवा नेता आशिष पाठक, नगर कमिटी अध्यक्ष तामानाथ पाण्डेय,सचिव मिनप्रसाद पोखरेललगायतले स्वागत गर्नुभयो । उहाँहरुले पार्टी छाडेर आउनेलाई पार्टीले उचित व्यवस्थापन गर्ने जानकारी पनि दिनुभयो ।