काठमाडौं, फागुन १५ । सत्रारुढ नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको जुँगा जोगाइ दिनका लागि मात्रै एमसीसीबारे व्याख्यात्मक टिप्पणी गर्नुपरेको बताउनु भएको छ ।
आजको प्रतिनिधिसभामा एमसीसीमाथिको छलफलमा बोल्दै नेता रिजालले व्याख्यात्मक टिप्पणीको कुनै अर्थ नभएको र यस्ले एमसीसी सम्झौताको मूल मर्ममा कुनै असर नपर्ने भन्दै प्रचण्ड–माधवको जुँगा जोगाइ दिन व्याख्यात्मक टिप्पणीको सन्दर्भ आएको बताउनु भयो ।
‘एमसीसीबारे बेकारको प्रचार गर्नुभयो । जनतामा भ्रम छर्नुभयो । जनतालाई सडकमा ल्याउनुभयो, उहाँहरुको जुँगा जोगाइ दिन ब्याख्यात्क टिप्पणी ल्याउनु पर्यो तर यस्को कुनै अर्थ छैन,’ रिजालले भन्नुभयो , ‘एमसीसीको मूल सम्झौतालाई केही फरक पर्दैन, तरपनि कसैकसैको जुँगा जोगाइदिन व्याख्यात्मक टिप्पणी ल्याउनुपर्ने भो ।’













प्रतिक्रिया दिनुहोस्