काठमाडौं, फागुन १५ । अमेरिकाका लागि नेपाली राजदूतमा प्राध्यापक श्रीधर खत्री नियुक्त हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्राध्यापक खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको हो ।
नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्