जनता टाइम्स

१६ फाल्गुन २०७८, सोमबार १२:३६

देशविरुद्ध गद्दारी गरेर एमसीसीको पक्षमा लागेको भन्दै पर्वतका माओवादी र कांग्रेसका हस्तीहरु एमाले प्रवेश


काठमाडौं, १६ फागुन । पार्टी एमसीसीको पक्षमा लागेको भन्दै पर्वतमा माओवादी र कांग्रेसबाट सयौं कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

नेकपा माओवादी कुश्मा नगरपालिका वडा न ८ का वडाअध्यक्ष हरीनारायण गिरीले एमसीसीको पक्षमा लागेर माओवादीले राष्ट्रघाती काम गरेका भन्दै पार्टी त्याग्नुभएको छ ।सामाजिक सञ्जालमा लेख्दै राष्ट्रघात गर्ने पाटीको पक्षमा लाग्न नसक्ने भन्दै पार्टीबाट राजीनामा दिएको घोषणा गर्नुभयो ।

गिरीले २०६१ साल चैत देखि माओवादी आन्दोलनमा लागेर अमेरिकी साम्रज्यवादवाको विरुद्ध आन्दोलन गरिरहेको उल्लेख गर्दै नेपाली नागरिकलाई दास बनाउने पार्टीबाट आफू अलग रहेको घोषणा गर्नुभएको हो ।माओवादी पार्टीले युद्धकै बेला देखि अमेरिकी साम्राज्यवाद भन्दै कार्यकर्तालाई आन्दोलनमा उतारे पनि अमेरिकाको अघि घुँडा टेकेको अधिकांश गिरीको बुझाइ छ ।

यस अघि माओवादीका प्रभावशाली नेता सृजनशिल कुँँवर, पाटीका जिल्ला सदस्य बलराम पौडेल, युवा कार्यकर्ताहरु सुवास रोक्का, पंकज पौडेल फलेवास वडा न ६ का वडा सचिव राजेन्द्र भुषाल लगाएतका दर्जन बढि कार्यकर्ताहरुले माओवादी पाटी परित्याग गरेको घोषणा गरेका थिए ।

जो मात्रै नेपाली कांग्रेस पाटीले एमसिसिको पक्षमा मतदान गर्ने निर्णय गरेको भन्दै नेपाली कांग्रेसका मोदी गाउँपालिकाका उप सभापति पदका उमेदवार यज्ञ गौतम तथा तरुद दलका नेता डम्मर नेपाली, शान्ति गौतम र मैया गौतम सहितका दर्जन बढी कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् ।