जनता टाइम्स

१९ फाल्गुन २०७८, बिहीबार ०८:५६

कांग्रेस र जसपा त्यागेर एमाले भित्रिए बीरगञ्जका यी चर्चित नेतासहित २ सय ५० युवा


वीरगंज, फागुन १९ । नेकपा एमाले पार्टीमा अहिले देशव्यापी रुपमा विभिन्न पार्टी परित्याग गरेर प्रवेश गर्नेहरुको लहर नै चलेको छ । दिनंहु एमालेको केन्द्र देखि जिल्ला सम्म पार्टी प्रवेश गराउनमा नेताहरु व्यस्त नै छन ।

बुधबार वीरगन्जमा आयोजित एक कार्यक्रममा बिच २ सय भन्दा बढि जनाले नेकपा एमालेमा प्रवेश गरेका छन । वीरगन्ज महानगरपालिका १७ अलौका युवा नेता सन्जु छतकुलीको नेतृत्वमा २ सय भन्दा बढि जनाले काग्रेस, जसपा परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका हुन ।

गत २०७४ सालको स्थानीय निर्वाचनमा जसपाबाट वीरगन्ज महानगरपालिका १७ का वडा अध्यक्षमा चुनाव लडेर झिन्नो मतले पराजित भएका छतकुली एमालेमा प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश गर्दै नेता छतकुलीले एमाले जिताउनका लागी आफुहरुले सहयोग गर्ने विश्वास दिउनुभयो ।

उहाँले पार्टीले योग्य ठानेर वडाअध्यक्षमा टिकट दिए लड्ने घोषणा गर्नुभयो । वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौले होटेल रोयल पार्टीमा आयोजित गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, राजकुमार गुप्ता, नेताहरु विचारी यादव, विशम्बर शर्मा, बसरुदिन अंसारी , राजेशमान सिंह, मुकेश द्विवेदी, अनुप तिवारी, संजीव मिश्रा, श्याम बन्जारा लगायतकाहरुको सहभागीता रहेको थियो ।