काठमाडौं, फागुन १९ । एमसीसी बिरोधी गठबन्धन बनाएर अघि बढनुभएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले नेता भीम रावलसँग भेटबार्ता गर्नुभएको छ ।
प्रवक्ता खडगबहादुर बिश्वकर्मा प्रकाण्डसहित चन्द एमसीसीविरोधी नेताहरूलाई भेटने क्रममा आज एमाले नेता रावललाई निवासमै पुगेर भेटबार्ता गर्नुभएको हो । रावलसँग एमसीसी अनुमोदनपछिको राजनीतिक परिस्थितिबारे छलफल भएको नेकपाका प्रवक्ता विश्वकर्माले बताउनु भयो ।
विप्लवले यसअघि नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र प्रेम सुवाललगायतलाई भेटिससक्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्