जनता टाइम्स

१९ फाल्गुन २०७८, बिहीबार २१:२२

देशभर एमाले प्रवेशको लहर बढ्दो, काभ्रे कांग्रेसका १० व्यवसायी प्रवेश


काठमाडौं, १९ फागुन । नेपाली कांग्रेस काभ्रेका व्यवसायीहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नमोबुद्ध नगरपालिका निवासी नेपाली काङ्ग्रेस काभ्रेका नेता तथा निर्माण व्यवसायी काभ्रेका पूर्व अध्यक्ष ज्ञानबहादुर लामा र काङ्ग्रेसका युवा नेता बर्गर हाउस सञ्चालक कृष्ण लामा, नेपाली काङ्ग्रेस जनजाति महासंघका कोषाध्यक्ष ज्ञाणु लामा, माओवादि जिल्ला कमिटी सल्लाहकार माइला लामालगायत जना नेता एमाले प्रवेश गरेको धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।

नव प्रवेशीहरुलाई नेकपा एमाले केन्द्रिय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपि शर्मा ओलिले टिका, खादा र माला लगाएर स्वागत गर्नुभएको हो । अहिले देशभर नेकपा एमाले पार्टीमा प्रवेशको लहर नै चलेको छ ।

केही दिन अघि मात्रै पार्टी अध्यक्ष ओली वृहत पार्टी प्रवेश कार्यक्रममा पोखरा गएर पार्टी प्रवेश गराउनुभएको थियो । पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओली निवास बालकोटमा नवप्रवेशीसँगै नेकपा एमाले काभ्रेका अध्यक्ष व्याञ्जु, उपाध्यक्ष चन्द्र लामा लगायतका नेताहरु सहभागी रहनुभएको थियो ।