जनता टाइम्स

२२ फाल्गुन २०७८, आईतवार १४:४९

नेपाल खेलकुद महासंघको प्रदेश एक अध्यक्षमा राजकुमार निर्वाचित


झापा, २२ फागुन । नेपाल खेलकुद महासंघ (नेकोस) प्रदेश १ को अध्यक्षमा राजकुमार थापा निर्वाचित हुनुभएको छ । हिजो झापाको बिर्तामोडमा सम्पन्न प्रथम अधिवेशनले राजकुमारको अध्यक्षतामा ६६ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । उपाध्यक्षमा भोगेन्द्र थापा तथा टिका शिवाकोटी निर्वाचित हुनुभएको छ । जितन थापा सचिव निर्वाचित हुँदा सिताराम श्रेष्ठ तथा दिल सुनुवार सह–सचिव निर्वाचित हुनुभयो । त्यस्तै कोषाध्यक्षमा हेमन्त सुवेदी निर्वाचित हुनुभएको छ ।

सदस्यहरुमा राजु तुलाधर, मन कुमारी राई, बल बहादुर कार्की, निरज घिसिङ, सन्दीप पोखरेल, विकास खरेल, युवराज रानामगर, शंकर खड्का, बुद्ध साम्पा, गोविन्द ढुंगाना, ओम प्रकाश बास्तोला, दिपक तामाङ, हरी गुरुङ, अन्जना राई, ऋषीराम पराजुली, सृजना भुजेल, आशीष निरौला, समीरा राई, मनिषा निरौला, पूर्ण बहादुर श्रेष्ठ, अभिषेक पालुङ्गा, साजन लिम्बु, केशव पौडेल, सन्तोष पोखरेल, सुमन शाही, प्रकाश बस्नेत, तेजकुमार राई, सुमन दाहाल, प्रदीप खरेल, नारायण खनाल, निङसन लामा, युगन भुषाल, जिल्ला मान राई, केदार बस्नेत, श्याम चौधरी, शुरेस गिरी, जितेन्द्र सुवेदी, अजीत राई, चेतनन्द पौडेल, सागर आचार्य, नेत्र प्रसाद पोखरेल, कुमार लिम्बु, गणेश खतिवडा, सीता राइ, मनिषा ओगरी, सरीता कार्की, विमला दाहाल, शर्मीला राई, उदय मुन्डा, दिपक चौहान, राजेश कँडेल, जीवन राई, अभिषेक प्रधान, उदय राज भुजेल, युवराज विष्ट, केशव पौडेल, दुर्गा राज लिम्बु, रविन अधिकारी तथा मिखत धामी रहनुभएको छ ।