काठमाडौं, असोज १८ । भारत र वेस्टइन्डिजबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृंखलामा वेस्टइन्डिज क्लिन स्वीप हुनबाट जोगिएको छ।
भारतले शृंखला २–१ ले जितेको हो। पहिलो खेलमा भारतले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा पनि ८ विकेटकै जित निकालेको थियो।
शनिबार चण्डीगढमा भएको तेस्रो तथा अन्तिम खेलमा भने वेस्टइन्डिजले भारतलाई ५ विकेटले पराजित गरेको हो।
भारतले दिएको ३५२ रनको लक्ष्य वेस्टइन्डिजले ५ विकेट गुमाएर पूरा गरेको थियो। वेस्टइन्डिजका शाई होपले अविजित १६२ रन बनाएर टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान दिनुभयो।
यससँगै वेस्टइन्डिजले तीन खेलको शृंखलामा भारतसँग २–१ को नतिजा बेहोरेको छ।












प्रतिक्रिया दिनुहोस्