काठमाडौं, फागुन २२ । नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले स्थानीय तहको चुनाव सार्ने नियतले सत्ता गठबन्धनले अर्ली इलेक्सनको चर्चा गर्न थालेको बताउनु भएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकपछि संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै उहाँले अर्ली इलेक्सनु को विषय सत्ता स्थानीय तहको चुनाव सार्ने नियतले आएको हुनसक्ने बताउनु भयो । चुनावमा जाऔं भनेर एमालेले भन्दा प्रतिगमन भयो भन्नेहरुले अर्ली इलेक्सन कुरा गर्नुका पछाडि धेरै षड्यन्त्र लुकेको नेम्वाङको भनाई थियो ।
‘अहिले आएर अचानक अर्ली इलेक्सन र यो ढंगले संसद् विघटन भो भने चुनावमा अलि चाँडो जनताबीच जानुपर्यो भने प्रतिगमन भयो भन्ने साथीहरु अहिले किन यस्तो सोचाइ कतै हेरेर कतै हिर्काउने भन्ने उहाँहरूको रणनीति हो, उहाँहरुको सोझो हिडाइँ छैन, स्थानीय तहको चुनाव भत्काउन लाउने, पर पुर्याउने, चुनावमा गडबढ गर्ने लगायत कुरा हुन सक्छन्,यसलाई लिएर म कुनै टिप्पणी गर्दिनँ,’ उपनेता नेम्वाङको भनाई छ ।
विशेष कारणवश यद्यपि सही ढंगले चुनाव हुने वातावरण भए नेकपा एमाले जतिबेला पनि चुनावमा जान तयार रहेको उहाँले प्रष्ट पार्नुभयो । ‘उहाँहरुले कसरी गर्नुहुन्छ हेर्छौं ? चुनाव गर्नका लागि हो कि ? चुनाव नै भत्काउनका लागि हो ? उहाँहरु कुन रुपमा आउनुहुन्छ,त्यही अनुसार हामी धारणा बनाउनेछौँ,’ उहाँले भन्नुभयो ।
एमाले संसदीय प्रक्रियामा सहभागी नभएको पनि उहाँले प्रष्ट पार्नुभयो । एमालेले सधैं संसदीय प्रणालीमा विश्वास गर्ने भन्दै उहाँले एउटा प्रणालीमा रहने अर्कोमा विश्वास गर्ने काम एमालेले नगर्ने बताउनुभयो । महाअभियोगलाई निष्कर्षमा पुर्याउन समितिमा बसेपनि आफूहरुका माग पूरा नभएसम्म सदन अवरोध कायमै रहने नेता नेम्वाङको भनाई छ । एमालेले संसदीय समितिमा सहभागिता जनाउँदै आएको उहाँले स्मरण गराउनुभयो । महाअभियोगका सबालमा एमालेले संविधान, कानुन र अभ्यास बमोजिम निर्णय गर्ने पनि उहाँले प्रष्ट पार्नुभयो ।
सरकारका कुरामा धेरै टिप्पणी गर्न नचाहेको भन्दै उहाँले एमालेले सदनमा विरोध गरिरहँदा पनि सरकारले काम कारबाही अगाडि बढाइरहेको नेता नेम्वाङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले भन्यो यहाँहरुले विश्वास गर्नुभयो, विरोध हाम्रो रहर होइन वाध्यता हो, सरकारले आफूले चाहेका काम गर्न कुन ठाउँमा रोकिएको छ ? गर्नुपर्ने गलत काम त गरेकै छ त ? बजेट पारित भयो, कुनै आयस्रोत नखुलाइ लगानी गर्न पाइन्छ भन्ने प्रस्ताव पनि पारित गर्यो, हामीले विरोध गरिरहेका छौँ, हाम्रो नेता अर्थात सभामुखले भेदभाव गर्नुभयो, हामी सबै लागेर रेफ्रि बनाएको हो तर उहाँले त हाम्रै पोस्टमा गोल हान्नुभयो,’ नेम्वाङले भन्नुभयो ।
नेकपा एमाले संविधान, कानुन र अभ्यास बमोजिम एमाले अगाडि बढ्ने बताउँदै उहाँले भन्नुभयो, ‘हामी जनतामा जान चाहान्छौँ, हामीले विशेष कारणवश जनतामा जाने भनेको हो, त्यो कुरामा हामी अहिले पनि अडिग छौँ, तर गठबन्धनले चुनाव गर्छ कि गर्दैन ? चुनावको चर्चा गर्दा पनि कुन मक्षदले गरिरहेको छ भन्नेमा हामीलाई शंका छ ।’
सत्तामा बस्ने सरकारमा बस्ने त्यही सरकारले ल्याएको प्रस्तावमा सदनदेखि सडकसम्म विरोध गर्नेहरु अहिले गठबन्धनमै रहेका उहाँको भनाइ छ । कुनै पनि मूल्य मान्यतामा नचलेको सरकारका कामकारबाहीबारे पूर्वानुमान गर्न नसकिँने बताउँदै उहाँले गठबन्धनको टुंगो नभएको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्