काठमाडौं, २५ फागुन । अष्ट्रेलियन गायिका तथा युट्युव स्टार लिल बो वीपको निधन भएको छ । २२ वर्षीय गायिकाको निधनको खबर सामाजिक सञ्जालमार्फत उहाँका बुबा म्याथ्यु स्कोफिल्डले सार्वजनिक गर्नुभएको हो । उहाँको मृत्युको कारण भने खुल्न सकेको छैन ।
‘यो साता डिप्रेसन, आघात, पिटिएसडी, लागु पदार्थको लतविरुद्ध छोरीको लडाई हारे’ स्कोफिल्डले सामाजिक सञ्जालमा अगाडि लेख्नुभएको छ, ‘उनी मेरो हिरो, छोरी र सबैभन्दा मिल्ने साथी थिइन् ।’ स्कोफिल्डले आफुलाई वीपको बुबा हुनुमा गर्व भएको बताउँदै आफुले उनलाई धेरै माया गर्ने समेत बताउनुभएको छ ।
गायिकाको निधनको खबरले उहाँको फ्यानमा पीडा पुगेको छ । फ्यानले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गरिरहेका छन् । गायिका वीपको असली नाम विनोना ब्रुक्स हो । उहाँले २०१५ मा साउन्ड क्लाउडमा आफ्नो संगीत शेयर गर्न थाल्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्