जनता टाइम्स

२६ फाल्गुन २०७८, बिहीबार १०:२६

ख्वप माविका रोचक भए नेपाल टपर


भक्तपुर, २६ फागुन । भक्तपुरको ख्वप माध्यमिक विद्यालयका विद्यार्थी रोचक श्रेष्ठ नेपाल टपर हुनुभएको छ । विद्यालयका कक्षा ११ र १२ उत्तीर्ण भई गएका विद्यार्थी श्रेष्ठ चाटर्ड एकाउन्ट (सिए) परीक्षामा नेपाल टपर हुन सफल हुनुभएको हो । ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरका भाइस प्रिन्सिपल विष्णुप्रसाद किसीका अनुसार रोचकले विद्यालयका विज्ञान संकाय पढ्नुभएको थियो ।

उहाँका अनुसार रोचक शैक्षिक सत्र २०७३०७४ का व्याच हुन् ।

रोचक स्कुलका पनि उत्कृष्ट अध्ययन गर्ने छात्रको रुपमा रहेको उहाँले सुनाउनुभयो । भक्तपुर नगरपालिका वडा नं १ का रोचकले सीए क्याप ३ परीक्षाको रिजल्ट आएको सुनाउनुभयो । उहाँले सीए क्याप ३ वर्षको परीक्षा स्वअध्ययन गनुपर्ने वर्ष भएको पनि सुनाउनुभयो । रोचक भक्तपुर नगरपालिका–१ का वडा सदस्य इन्द्रकुमार श्रेष्ठका छोरा हो ।