काठमाडौं, २६ फागुन । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चको जिम्मा राकेश श्रेष्ठलाई दिइएको छ । बुधबार मात्रै अध्यक्षमा राकेश श्रेष्ठ चयन हुनुभएको हो । सम्पर्क मञ्चको एघारौं सम्मेलन फागुन २१ गते उद्घाटन भएको थियो । तर यता धेरैको आकांक्षी भएका कारण हिजो मात्रै नेतृत्व र पदाधिकारीको टुंगो लागेको हो ।
सम्मेलनमार्फत राकेश श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । सम्पर्क मञ्चको उपाध्यक्षमा दिवस कार्की, महिला उपाध्यक्षमा लक्ष्मी न्यैपाने, सचिवमा प्रमोद भण्डारी, उपसचिव द्वयमा जीवनराज खत्री र अम्बिका बोहोरा चयन हुनुभएको छ । त्यस्तै ५३ सदस्यीय कमिटीको कोषाध्यक्षमा दिलबहादुर श्रेष्ठ चुनिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्