जनता टाइम्स

२३ असार २०७६, सोमबार ००:२२

गृहजिल्लाबाट आइजीपी सर्वेन्द्र खनालको घोषणा : संगठनबिरुद्द काम गर्नेहरु अव प्रहरीमा अट्न सक्दैनन


तनहुँ, असार २३ । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाललाई गृहजिल्ला तनहुँमा भब्य स्वागत गरिएको छ । प्रहरी चौकी भवनको शिल्यान्यास गर्न आइतवार गृहजिल्ला तनहुँ आउनु भएका खनाललाई तनहुँबासीले भब्य स्वागत गरेका हुन ।

गृहजिल्लामा जनताको न्यायो माया पाउनुभएका आइजीपी खनालले संगठनबिरुद्द काम गर्नेहरु नेपाल प्रहरीमा अट्न नसक्ने घोषणा गर्नुभयो । संगठनबिरुद्द काम गर्नेहरु नेपाल प्रहरीमा अट्न सक्दैनन, संगठनले कठोर नीति लिन्छ, आइजीपी खनालले भन्नुभयो । उहाँले अपराध र अपराधी पत्ता लगाउने बिषयमा कसैसँग सम्झौता नगर्न समेत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

नेपाल प्रहरीको छवि उच्च पार्न पनि आईजीपी खनालले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । आईजीपी खनाल आइतबार अपरान्ह गृह जिल्ला तनहुँका दुई वटा कार्यक्रममा सहभागी हुनुभयो ।

आईजीपी खनाल भानु नगरपालिकाको चन्द्रावती र म्याग्दे गाउँपालिकाको थर्पुमा आयोजित प्रहरी चौकी भवनको शिलान्यास कार्यक्रममा सहभागी हुनुभएको हो । दुबै स्थानमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी खनालले नेपाल प्रहरीले कर्तब्यनिस्ट भएर देश र जनताको सेवा गर्दै आइरहेको वताउनुभयो ।