जनता टाइम्स

२ चैत्र २०७८, बुधबार १५:३४

दैलेख एमालेको अधिवेशनमा मतदान सकियो, आजै परिणाम आउने



दैलेख, चैत २ । नेकपा एमाले दैलेखको सातौं अधिवेशनअन्तर्गत बुधबार पुनः अधिवेशन सुरू भएको छ । गत पुसका लागि तय भएको अधिवेशनमा प्रतिनिधिको संख्याभन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो ।

बिहान आठ बजे सुरू भएको मतदान केही बेरअघि सकिएको छ । चुनावी कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले बताउनु भयो । शाहका अनुसार ‘मतपरीण आजै आउने छ । कुल ७ सय २१ जना मतदाता रहेकोमा ६ सय ८४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

अधिकांश स्थानीय तहबाट भूगोलतर्फका जिल्ला कमिटी सदस्यहरू सर्वसम्मत समेत भइसकेका छन । अघिल्लो पटकको मतदानमा सात सय १७ मत खसेको थियो । तर, मतपेटिका खोलेर गन्दा सात सय ४८ मत भेटिदा मतगणना रद्द गरिएको थियो ।

नेकपा एमाले दैलेखको अध्यक्षका लागि रबिन्द्रराज शर्मा र सूर्यबहादुर शाही प्रतिस्पर्धी हुनुहुन्छ ।