दैलेख, चैत ३ । नेकपा (एमाले) दैलेख जिल्ला अध्यक्षमा रविन्द्रराज शर्मा निर्वाचित हुनुभएको छ । एमालेको सातौं जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्षमा शर्मा निर्वाचित हुनुभएको हो ।
शर्मा जम्मा खसेको ६८४ मत मध्ये ४१४ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभयो भने उहाँका प्रत्यासी सूर्यबहादुर शाहीले मत २६३ प्राप्त गर्नुभएको छ । यसैगरी उपाध्यक्षमा प्रेमबहादुर बुढा, सचिवमा तिलकप्रसाद रिजाल तथा उपसचिवमा गंगाराम दाहाल र कलावती न्यौपाने निर्वाचित हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्