बुटवल, चैत ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनबिना आफ्नो पार्टी चुनावमा जानै नसकिने स्वीकारोक्ति गर्नुभएको छ । कांग्रेस नेतृत्वको गठबन्धनको नेतासमेत रहनुभएका प्रचण्डले कांग्रेसले सहकार्य नगरे एमालेसँग मिल्ने धम्की दिँदै गठबन्धनबिना आफ्नो दल धुलोपिठो हुने तथ्यलाई आफ्नै मुखबाट सार्वजनिक गर्नुभएको हो ।
उहाँले आफूहरु कांग्रेससँगै गठबन्धन गरेर कम्युनिष्ट आन्दोलन जोगाउने अभियानमा रहेपन चुनावमा माओवादीसँग गठवन्धन गर्नेबारे कांग्रेसका केही नेता अतिवादी बनेको गुनासो गर्नुभयो । प्रचण्डका अनुसार एमालेसँग तालमेलको सम्भावना कांग्रेसको व्यवहारमा भर पर्ने बछ ।
‘अहिले हामी गठबन्धनमा छौं । तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन । तर, राजनीतिमा असम्भव केही हुँदैन,’ बुटबलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भन्नुभयो, ‘कांग्रेसका केही नेताले माओवादीसँग माओवादीसँग कुनै हालतमा गठवन्धन हुँदैन भन्ने खालका अतिवादी विचार राखिरहेका छन् । तर, प्रधानमन्त्री देउवाले अब उहाँहरुलाई बोल्न बन्द गर भन्नुभएको छ । यदि कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिन्न ।’












प्रतिक्रिया दिनुहोस्