जनता टाइम्स

५ चैत्र २०७८, शनिबार १४:०२

नुवाकोटमा कांग्रेस–माओवादी छाडने क्रम बढदो, एकै वडाका ५० बढी नेता–कार्यकर्ता एमाले प्रवेश


नुवाकोट, चैत ५ । नुवाकोटको ककनी गाउँपालिकाको एउटै वडाका ५० भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका हुन् । नेकपा एमाले ककनी गाउँपालिका वडा नं ७ पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा नेता–कार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका हरिराम लामासहित ३० जना र माओवादी केन्द्रका विष्णु थपलिया र नेत्र भट्टसहित २० जना रहनुभएको छ ।