जनता टाइम्स

५ चैत्र २०७८, शनिबार १७:४३

बृजेशकुमार गुप्तासहित आठ हजार बढी नेता–कार्यकर्ता एमाले भित्र्याउन कपिलबस्तु आउँदै अध्यक्ष ओली


कपिलबस्तु, चैत्र ५। नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपि शर्मा ओली चैत्र १४ गते कपिलवस्तु आउनु हुने भएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका चर्चित नेता बृजेशकुमार गुप्तासहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेतासहित ८ हजार वढीलाई पार्टी प्रबेश गराउन अध्यक्ष ओली कपिलवस्तु आउन लाग्नुभएको हो ।

अध्यक्ष ओली कपिलवस्तु आउने भएपछि पार्टी प्रबेश कार्यक्रमलाई ब्यवस्थित तुल्याउन एमाले कपिलवस्तुको जिल्ला कमिटी बैठक आज बुद्धभूमीमा बसेको छ । बैठकले उक्त पार्टी प्रबेश तथा कपिलवस्तुको चुनावी सभामा ३० हजार बढी जनसहभागिता जुटाउने योजना वनाएको एमाले कपिलवस्तुले जनाएको छ ।

तौलिहवामा हुने पार्टी प्रबेश कार्यक्रममा अत्याधिक जनसहभागिता दक्षिणी भेगकै हुनेगरी योजना बनाएको एमालले यो चुनावी सभाको सन्देशले कपिलवस्तुका १० वटैतहमा यसपाली जित्ने आँकलन गरेकोछ ।

बैठकलाई सम्वोधन गर्दै एमालेका केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज वलराम अधिकारीले १४ गतेको चुनावी सभाले कपिलवस्तुका १० वटै स्थानमा एमालले पकड जमाउन सक्षम भएको सन्देश दिने वताउनु भयो । उहाले केन्द्रको नजरमा कपिलवस्तु पनि लालकिल्लाहो भन्ने छाप पार्न यो कार्यक्रम सफल हुने र कपिलवस्तुमा कांग्रेस र मधेसवादीदलको उपस्थिती इतिहासमा मात्र अंकित हुने बिश्वास प्रकट गर्नु भयो ।

बैठकलाई सम्वोधन गर्दै अध्यक्ष डम्मर शर्माले हाल सम्म राजमार्गमा मात्र एमाले छ भन्नेहरुलाई एमाले अव सुठौली बैदौली चाकड चौडा र कृष्णनगरमा पनि बलियो छ भन्ने गरी सन्देश दिन १४ चैत्तको जनसभा सफल हुने ठोकुवा गर्नु भयो ।सो कार्यक्रममा संघिय सांसद बृजेश कुमार गुप्ता, प्रदेश सांसद धरम वहादुरलाल श्रीवास्तव सहित क्षेत्र नं २ र १वाट ५ हजार वढी अगुवा कार्यकर्ता एमालेमा प्रबेश गर्नेछन् ।

यस्तै कृष्णनगरवाट बरिष्ट समाजसेवि डा. रुद्र प्रताप शाह, शाह परिवारकै प्रभावशाली युवा समाजसेवि कुडाल प्रताप शाह सहित ३ हजार बढी कार्यकर्ता एमालेमा प्रबेश गर्ने अन्तिम तयारीमा छन् । नव प्रबेशीलाई टिका लगाएर पार्टीमा स्वागत गर्न स्वयम अध्यक्ष ओली दोश्रो पटक कपिलवस्तु आउन लाग्नु भएको हो ।

यस अघि समाजसेवि मंगल प्रसाद गुप्ता सहित ४ हजार वढीलाई टीका लगाएर स्वागत गर्न अध्यक्ष ओली ३ महिना पहिले कपिलवस्तु जानुभएको थियो । एमाले कपिलवस्तुको जिल्ला कमिटी बैठक सचिव सिवि गहतराजको सहजीकरणमा भएको थियो । बैठकमा केन्द्रिय सल्लाहकार रामलाल काफ्ने ,प्रदेश कमिटी सदस्य शन्तिदेवि हरिजन र खुम प्रसाद आचार्यले मन्तब्य राख्नु भएको थियो ।