जनता टाइम्स

५ चैत्र २०७८, शनिबार १९:११

माओवादी धम्कीको कारण प्रकाश सपुतले मेटाए एक करोडले मन पराएको पिर’ गीत, सम्पादन गरी पुनः अपलोड


काठमाडौं, ५ चैत । विवादमा आएपछि गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत पिरका केही दृश्य सम्पादन गरी पुनः अपलोड गर्नुभएको छ । माओवादी जनमुक्ति सेना देहव्यापारमा लागेको दृश्यबारे सम्बन्धित पक्षले आपत्ति र विरोध जनाएपछि त्यसलाई हटाएर नयाँ भिडियो अपलोड गरिएको सपुतले जनाउनुभएको छ ।

पिरमा प्रतीकात्मक रूपमा राखिएको एउटा दृश्यले र पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्नुका साथै नै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायामा पारिदिएको उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ,‘नियोजित रूपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरू विषयान्तर भइरहने जस्तो भयो ।

त्यसैले कुनै दबाब/प्रभावले नभएर यो बिचमा आएका तपाईंको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरूको सुझाव, लेखक, पत्रकार, समीक्षकहरूको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नयाँ भिडियो रि–अपलोड गरिएको छ ।’ ‘सर्वाधिक लाईक र कमेन्ट सहित १७ दिनमा–गल्बन्दी, १५ दिनमा–कुरा बुझ्नपर्छ र ७ दिनमा–पिर करोड पटक हेरिएको छ । हाम्रो प्रयासको इतिहास र तपाईंको प्रेमको इतिहास निरन्तर दोहोरिएको छ ।

एउटा सर्जक र उसको टिमका लागि र समग्र व्यवसायिक सङ्गीत बजारका लागि यो अपार सफलता हो । तर आगामी दिनमा आउन सक्ने असफलता पनि सामान्य लागोस् भनेर मैले आफ्नो सफलतालाई सामान्य रूपमा लिन थालेको छु । यद्यपि तपाईंको अमूल्य शुभेच्छा मेरो लागि असामान्य छ । मैले आफ्नो क्षेत्रमा जबरजस्त उपस्थिति र स्थान बनाएको छु । रेकर्डहरू बनाएको छु । सपना र सङ्घर्ष पछिको यो सफलता भने सामान्य होइन । कहिले काहीँ त लाग्छ ( भयो अब ! पुग्यो ।I’m done !

खैर, पिरले सफलता मात्रै होइन धेरै कुरा सिकाएको छ । सचेत गराएको छ । तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शकस्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह/समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने चेत गराएको छ । सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ । यद्यपि सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जना प्रति दर्शकले आफ्नो दृष्टिकोण फराकिलो बनाउने ? यो बहस हुन जरुरी छ । भइरहोस ।

जे होस, पिरमा प्रतीकात्मक रूपमा राखिएको एउटा दृष्यले, पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्यो नै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायामा पारिदियो । अनअफिशियल रूपमा त पुरानो भिडियो सेभ होलान् । अतिरञ्जित गरेर सोसियल मिडियामा सेयर पनि गरिएला (नगर्न अनुरोध) तर लाखौँ सब्सक्राईब भएको एबपबकज क्बउगत यााष्अष्ब िथ्यगतगदभ मा त्यो भिडियो अर्काईभको रूपमा रहने र जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने जस्तो भयो ।

नियोजित रूपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरू विषयान्तर भइरहने जस्तो भयो । त्यसैले कुनै दबाब/प्रभावले नभएर यो बिचमा आएका तपाईंको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरुको सुझाव ! लेखक, पत्रकार, समीक्षकहरूको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नयाँ भिडियो रि–अपलोड गरिएको छ ।

साथै सात दिन सम्म ट्रेन्डिङ १ मै रहेको, ५ लाख ५० हजार लाईक र ३८ हजार प्रतिक्रिया आएको, एक करोड प्लस निरन्तर हेरिएको भिडियो हटाउने निर्णय गरेको छु । केहि दृश्यमाथिको आलोचना, व्यापक चर्चासहित व्यवसायिक सफल भएको गीत र भिडियो त हटाएको छु तर गीत र भिडियोमा गरिएको नेपाली समाजको चित्रण हटाएको छैन ! आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन र हटाएको छैन सोधिएका गम्भीर प्रश्नहरू‘

#पिर – Re uploaded. मन लागेछ भने फेरी हेर्नु होला । र कसैको आत्मसम्मान र सर्जकको ईमान्दारीतालाई मनन गर्दै आफ्नो प्रतिक्रिया दिनु होला । थप राजनीतिकरण र अतिरञ्जित नगरौँ है त । धन्यवाद !