जनता टाइम्स

७ चैत्र २०७८, सोमबार १७:४९

पल शाहको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा


काठमाडौं, ७ चैत । अभिनेता पल शाह संलग्न जबरजस्ती करणी सम्बन्धी अनुसन्धान प्रहरीले पुरा गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । तनहुँका एसपी राजेन्द्रबावु रेग्मीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको बताउनुभयो ।

तनहुँ प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । नाबालिग बलात्कारबारे शाहले इन्कारी बयान दिएका छन् । सरकारी वकिलले अदालतमा मुद्दा दायर गरेपछि थुनछेक बहस हुन्छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले पनि शाहबारे छुट्टै अनुसन्धान प्रतिवेदन त्यहाँको सरकारी वकिललाई बुझाएको छ ।

फागुन २४ मा तनहुँबाट पूर्वी नवलपरासीमा उपस्थित गराइएका शाहसँग प्रहरीले बयान लिएर एकसाता अनुसन्धान गरेको थियो । नावालिगलाई उनले फरक समयमा पूर्वी नवलपरासीमा पनि बलात्कार गरेको आरोप छ । फागुन १५ देखि शाह प्रहरीको हिरासतमा रहेका छन् ।