काठमाडौँ, चैत्र ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । स्थानीय निर्वाचनमा केन्द्रीत प्रतिवेदनमा पार्टीले निर्वाचन जित्नेबारे आधारबारे स्पष्ट पारिएको छ । अध्यक्षले ओलीले आगामी निर्वाचनमा एमालेले जित्ने बताउँदै आफ्नो सरकारले गरेका कार्यहरुको बारेमा उल्लेख गर्नुभएको छ।
ओलीले १८ बुँदमा ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा प्रभावकारी भूमिका खेलेको, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिबृद्धिका लागि असाधारण योगदान गरेको’ चर्चा गर्नुभएको छ ।
यस्ता छन् अध्यक्ष ओलीले प्रस्तुत गरेका १८ आधारः
- पार्टीका सही सिद्धान्त, कार्यदिशा, नीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा
- राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा खेलेको प्रभावकारी भूमिका, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिवृद्धिका लागि गरेको असाधारण योगदान
- केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दा विकास र समृद्धिका क्षेत्रमा खेलेको महत्वपूर्ण भूमिका प्राप्त गरेका उपलब्धि र तिनले समाजमा ल्याएको परिवर्तन
- स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन पार्टीले २०४७ सालदेखि नै खेलेको भूमिका स्थानीय स्वायत्त शासनको अवधारणा ९ २०५४० र स्थानीय तहदेखि नै महिला र दलितको समावेशिताका लागि पार्टीको भूमिका, राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाई महिला सहभागिताका लागि पार्टीको नेतृत्वदायी योगदान
- नेपालको संविधान निर्माणका क्रममा तीन तहको सङ्घीय ढाँचा र स्थानीय तहलाई संवैधानिक प्रत्याभूति दिन पार्टीले खेलेको भूमिका स्थानीय तहलाई प्रदेशको तजबिजी अधिकारभित्र राख्न विभिन्न दलबाट प्रकट भएका हानिकारक प्रस्तावको प्रतिवाद
- नेकपा (एमाले) नेतृत्वको सरकारले स्थानीय तहलाई प्रभावकारी बनाउन गरेको वित्तीय, कानुनी र प्रशासनिक योगदान
- प्रत्येक पालिकामा आधारभूत अस्पताल प्रशासनिक भवन, प्रत्येक पालकान्द्र जोड्ने सडक, प्रत्येक निर्वाचन क्षेत्र जोड्ने रणनीतिक लगायत कार्यक्रम
- तराईका जिल्लामा सघन सहरी विकास कार्यक्रम र तराई(मधेस समृद्धि कार्यक्रममार्फत् गरिएको लगानी एवं सुनकोशी मरिन र भेरी बबई डाइभर्सन जस्ता रूपान्तरणकारी योजनाको थालनी
- एक घर एक धारा खरको छाना विस्थापन, भूमिहीनलाई आवासलगायत सरकारका जनमुखी कामहरू, सरकार परिवर्तन हुनासाथ स्थानीय तहलाई प्रदेशको तजबिजमा राख्न चलाइएको असंवैधानिक प्रयाशलाई निष्फल पार्न पार्टीको भूमिका
- पार्टीले विजय हासिल गरेका स्थानीय तहमा हासिल उपलब्धि र महत्त्वपूर्ण काम
- भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, जयनगर(जनकपुर( कुर्था, पूर्व(पश्चिम रेलमार्ग निर्माणलगायत पूर्वाधार विकासमा दूरगामी महत्वका रणनीतिक योजनाहरूको थालनी
- सङ्घीय संरचना र नयाँ प्रणालीको संस्थागत विकासका लागि गरिएका योजनाबद्ध कामहरू । मौलिक हकको व्यवहारिक कार्यान्वयनका लागि नयाँ कानुनहरूको निर्माण ।
- नेकपा ९एमाले० नेतृत्वको सरकारले सुरु गरेको सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै नागरिकको जीवनचक्रमाथि आधारित सामाजिक सुरक्षाको अवधारणा विकास । स्वास्थ्य बीमा योगदानमाथि आधारित सामाजिक सुरक्षालगायत महत्त्वपूर्ण कामहरूको थालनी ।
- महामारी र प्राकृतिक विपत्तिका विरुद्ध हाम्रो सरकारले खेलेको प्रभावकारी भूमिका
- भूकम्पपछिको पुनर्निर्माणमा सरकारले हासिल गरेको असाधारण सफलता
- सीके राउत समूह र विप्लव समूहसँग वार्ता, पृथकतावादको अन्त्य र हिंसाकोशान्तिपूर्ण अवतरणजस्ता राजनीतिक समस्याको समाधानमा ठूलो सफलता, आदि ।












प्रतिक्रिया दिनुहोस्