जनता टाइम्स

१४ चैत्र २०७८, सोमबार २०:०८

एनआरएनएका तीन अध्यक्ष आचार्य, केसी र थापालेले गरे पदबहाली


काठमाडौं, १४ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा. बद्री केसी तथा रबिना थापाले आज दिउंसो संघको केन्द्रीय कार्यालयमा पद बहाली गर्नुभएको छ । निवर्तमान अध्यक्ष कुमार पन्तले तीनै जना अध्यक्षहरुलाई खादा र माला लगाइ दिएर पद बहाली गराउनुभएको थियो । उहाँले तीनै जना अध्यक्षहरुलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गर्नुभयो ।

उक्त अवसरमा संघका नवनिर्वाचित पदाधिकारीहरु पनि उपस्थित रहेका थिए । आइतबार अबेर संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरे पछि संघका पदाधिकारीहरु बिहान पशुपति क्षेत्र पुगेर पूजा अर्चना गरेका थिए । आज अपरान्ह ४ बजे बालुवाटारस्थित संघको केन्द्रीय कार्यालयमा नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराइएको हो ।