चितवन, चैत १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसकै भोट लिएर छोरीलाई मेयर र आफू सांसद बन्ने अन्तिम गृहकार्य भइरहेको खुलासा गर्नुभएको छ ।
सत्तारुढ नेपाली कांग्रेसले एक्लाएक्लै चुनाव लडदा एमालेको दुईतिहाई कटने निश्कर्षसहित गठबन्धन गर्ने निर्णय गरेको भोलिपल्ट गृहजिल्ला चितवन आउनु भएका माओवादी अध्यक्ष प्रचण्डले महागर र उपमहानगरमा केन्द्रबाटै निर्णय हुने बताउँदै भरतपुर महानगरको मेयरमा आफ्नो पार्टीको दावी रहेको बताएर यस्तो खुलासा गर्नुभएको हो ।
प्रचण्डले भरतपुरमा २०७४ सालको निर्वाचनमा पनि कांग्रेससँग गठबन्धन गरी छोरी रेनू दाहाललाई मेयर बनाउनु भएको थियो । यसपटक पनि कांग्रेससँग तालमेल गरी छोरीलाई मेयर बनाउने र आफू पनि अहिलेकै क्षेत्रबाट सांसद बन्ने सहमति नजिक पुगेको प्रचण्डले संकेत गर्नुभयो ।
चितवन आएलगत्तै पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भरतपुरको मेयर नछाडने बताएर यसबारे निर्णय गठबन्धन बैठकबाट हुने जानकारी दिनुभयो ।‘ भरतपुरमा माओवादीको दावी छ, महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा केन्द्रबाटै हुन्छ,’ प्रचण्डको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्