जनता टाइम्स

१६ चैत्र २०७८, बुधबार २२:४८

पार्टी प्रवेश कार्यक्रमका लागि एमाले अध्यक्ष ओली नेपालगञ्जमा


काठमाडौँ, चैत्र १६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाँकेको नेपालगञ्ज पुग्नुभएको छ । स्वतन्त्र राजनीतिक समूहका नेता पशुपति दयाल मिश्र, राजपाका पूर्व केन्द्रीय सदस्य करिम खानलगायतलाई एमाले स्वागत गर्न ओली बाँके जिल्लाको नेपालगंज पुग्नुभएको हो ।

अध्यक्ष ओली भोली कालिकोट लगाएत कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुगेर विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्ने हजारौ नेता तथा कार्यकतालाई एमालेमा प्रवेश गराउन कार्यक्रममा सहभागि हुन आज बाँके पुग्नु भएको हो ।

स्वतन्त्र राजनीतिक समूहका नेता पशुपति दयाल मिश्र त्रिपाठी निकट मिश्रले २०७४ सालको संघीय सांसदको निर्वाचनमा स्वतन्त्र समूहको नामले सूर्य चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएको थियो । तर उहाँ राजपाका इस्तियाक राईसँग पराजित हुनुभएको थियो ।