काठमाडौं, चैत १८ । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य कन्थमनी प्रसाद जैसवाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज द्धेट गरी जैसवाल एमाले प्रवेश गर्नुभएको हो ।
अध्यक्ष ओलीको निवास बालकोटमा भएको पार्टी प्रवेश कार्यक्रममा जैसवालले ओली र एमालेको नेतृत्वमा मात्रै मधेशको विकास सम्भव देखेर आफू एमालेमा प्रवेश गरेको बताउनु भयो ।
जैसवाल गत २०७४ सालको प्रतिनिधिसभा चुनावमा रौतहट क्षेत्र नम्बर ४ बाट तत्कालीन जसपाबाट उम्मेदवार बनी ७ हजार मत ल्याएर तेस्रो स्थानमा रहनु भएको थियो । जैसवाल उद्योग वाणिज्य संघ रौतहटका पूर्वअध्यक्षसमेत हुुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्