जनता टाइम्स

२२ चैत्र २०७८, मंगलवार १२:०१

गठबन्धनका लागि कांग्रेसकै नीति र नेतृत्व मान्न प्रचण्ड-माधव तयार, पौडेलको नेतृत्वमा बन्यो समिति


काठमाडौं, चैत २२ । सत्तारुढ चार दल नेपाली कांग्रेसको नीति र नेतृत्व मानेर चुनावमा जान सहमत भएका छन । आज बसेको गठबन्धन दलको बैठकले नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा स्थानीय निर्वाचनको तयारी र अनुगमन समिति गठन गरेपछि चार दल कांग्रेसको नीति र नेतृत्वअनुसार अघि बढन तयार भएको तथ्य उजागर गरेको हो ।

आजको बैठकले चुनावका लागि पौडेलको नेतृत्वमा छुट्टै समिति गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । समितिका सदस्यहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जसपा र मोहनबिक्रम सिंह नेतृत्वको जनमोर्चा आवद्ध छन । सरकार गठनमा कांग्रेसको नेतृत्व मानेका चारै दल आजको बैठकपछि भने चुनावमा कांग्रेसकै नीतिसमेत मानेर गठबन्धन गर्न सहमत बनेको देखिएको छ ।

आफूहरुले कतै पनि जित्न नसक्ने भएपछि कांग्रेसकै पछि लाग्ने नीतिमा पुगेपछि देउवाले दोस्रो बरियताका नेता पौडेलको नेतृत्वमा प्रचण्ड–माधवलाई सदस्य बनाएर सम्मान दिनुभएको छ ।