जनता टाइम्स

२२ चैत्र २०७८, मंगलवार १५:५९

एमालेसँग चुनाव लड्न नसक्ने भएपछि गठबन्धन बनाए : अध्यक्ष ओली


वीरगञ्ज, २२ चैत । एमाले अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धन तालमेल गर्ने भएका आरोप लगाउनुभएको छ । वीरगञ्जमा आज आयोजित कार्यक्रममा उहाँले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल गठबन्धन बनाएर तालमेल गर्न लागेको आरोप लगाउनुभएको हो ।

‘एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ । आज त झनै यति साथी एमाले प्रवेश गरिसक्नुभएको छ । अहिले के भयो होला उनीहरूलाई,’ ओलीले भन्नुभयो, ‘हजारौँ मानिस एमाले प्रवेश गर्नुभन्दा अगाडि नै भन्दै थिए एमालेसँगै एक्लै लड्न सकिँदैन । गठबन्धन कायम राखेर, तालमेलबाट लड्नुपर्छ भने ।’