जनता टाइम्स

२२ चैत्र २०७८, मंगलवार १६:४३

मधेशमा ओली क्रेज बढदो, एमाले भित्रिए कांग्रेस–माओवादी र जसपाबाट निर्वाचित पालिका उपप्रमुख (फोटोफिचर)


वीरगञ्ज, २२ चैत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनको मुखैमा पर्साको दुईवटा स्थानीय तह र धनुषाको विदेह नगरपालिकाका उपप्रमुखलाई नेकपा एमालेमा प्रवेश गराउँदै स्वागत गर्नुभएको छ । आज वीरगञ्जमा आयोजित बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा उहाँहरू एमाले प्रवेश गर्नुभएको हो ।

कार्यक्रममा मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रभु साहलगायतका नेता सहभागी हुनुहुन्थ्यो । एमाले प्रवेश गर्नेमा बहादुरमाई नगरपालिकाकी उपमेयर गायत्रीदेवी यादव र सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष फूलमतिदेवी थरुनी हुनुहुन्छ । यादव नेपाली कांग्रेस र थरुनी जसपाबाट निर्वाचित हुनुभएको थियो ।

एमाले प्रवेश गर्नेमा धनुषाको विदेह नगरपालिकामा माओवादी केन्द्रबाट निर्वाचित उपमेयर निलम मण्डल पनि हुनुहुन्छ । देशभर एमाले प्रवेशको लहर चलिरहेको बेलामा तराईमा पनि जनलहर चलिरहेको छ । कार्यक्रममा विभिन्न दल त्यागेर एमाले रोजेका जिल्ला र पालिकास्तरीय नेताहरूलाई पनि स्वागत गरिएको थियो ।