जनता टाइम्स

२३ चैत्र २०७८, बुधबार १९:०१

नुवाकोटको ककनी गाउँपालिकामा एमालेले छान्यो सर्वसम्मत प्रमुख र उपप्रमुखको नाम


नुवाकोट, चैत २३ । नेकपा एमालेले नुवाकोटको ककनी गाउँपालिका प्रमुखमा काशिराज अधिकारी र उपप्रमुखमा लजिता लामा ‘सुनिता’ लाई सर्वसम्मत उम्मेदवार चयन गरेको छ । ककनी डाँडामा आज बसेको गाउँकमिटीको बैठकले सर्वसम्मत रूपमा प्रमुखमा अधिकारी र उपप्रमुखमा लामाको नाम सिफारिस गरेको हो ।

अधिकारी नेकपा एमाले नुवाकोटका उपसचिव हुनुहुन्छ । २०५४ सालमा थानसिङ गाविसको अध्यक्षमा विजयी अधिकारीले फेरि २५ वर्षपछि नयाँ इतिहास बनाउने अवसर पाउनु भएको छ । पेशाले लेखापरीक्षक रहेका अधिकारी ककनीमै कृषि कर्ममा पनि सक्रिय हुनुहुन्छ ।

यसैगरी उपप्रमुखमा सर्वसम्मत चयनहुनुभएका लामा यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि उपप्रमुखमा एमालेकै तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । ककनी गाउँपालिकाका वडाहरूको उम्मेदवार पनि करीब सर्वसम्मत नै भएको एमाले ककनीका नेताहरुले बताएका छन ।

गाउँपालिका कमिटीले नै सर्वसम्मत उम्मेदवार सिफारिस गरेपछि जिल्ला वा प्रदेश कमिटीले त्यही निर्णय अनुमोदन गर्नेछ ।